हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–१ पुलचोकमा अटोको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । सोमबार बिहान ९ बजेको समयमा ना २ ह ५०२८ नम्बरको अटोले सडकमा हिडिरहेका भरतपुर महानगरपालिका–४ कि ६० वर्षीया अस्तापमा खातुनलाई ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

अटोको ठक्करबाट अस्तापमा गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएको थियो । उपचारको क्रममा दिउँसो १ बजेर ३० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अटो चालक नवलपुर जिल्ला गैडाकोट नगरपालिका–१ का ५२ वर्षीय धनबहादुर मल्ल ठकुरीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।