क्लबलाई सहयोग गर्ने हेटौंडा–५ निवासी प्रकाश पुरी र हेटौंडा–१० निवासी प्रदिप कँडेलको तस्वीर ।

हेटौंडा : काठमाडौंमा हुन लागेको सहिद स्मारक ‘सी’ डिभिजन क्वालिफार्यस–२०८२ खेल्न पिप्ले युवा क्लबलाई २ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने प्रतियोगितामा सहभागिताका लागि काठमाडौंको दियालो फोर्स सेक्युरीटीका सञ्चालक हेटौंडा–५ निवासी प्रकाश पुरी र हेटौंडा–१० निवासी प्रदिप कँडेलले दुई लाख रुपैयाँ सहयोग गरेको पिप्ले युवा क्लबका अध्यक्ष सुविन घिमिरे जानकारी दिनुभयो । पिप्ले युवा क्लबले मकवानपुर जिल्लाको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागिता जनाएको अध्यक्ष घिमिरेले बताउनुभयो ।

प्रतियोगिता अगामी मंसिर ४ गतेदेखि सुरु हँुदैछ । प्रतियोगितामा पिप्ले युवा क्लबसहित देशभरका ४९ वटाको टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेता र उपविजेता टोलीले ‘सी’ डिभिजनमा प्रवेश गर्नेछ । पिप्ले युवा क्लबका मुख्य प्रशिक्षकमा ज्ञानु क्षेत्री, टिम म्यानेजर विवेक अर्याल र नरेन्द्र मोक्तान हुनुहुन्छ । प्रतियोगिता खेल्न अनुमानित २० लाखसम्म खर्च हुने अध्यक्ष घिमिरेले बताउनुभयो । टिमलाई ‘सी’ डिभिजनमा पु¥याउँदै अगामी दिनमा मकवानपुर जिल्लाकै उत्कृष्ट टिम बनाउने योजना रहेको अध्यक्ष घिमिरेको भनाइ छ ।