पहिरो खसेर अवरुद्ध बनेको सिस्नेरी सडकखण्ड ।

हेटौँडा : हेटौँडा–काठमाडौं छोटो मार्गअन्तर्गत कुलेखानी–सिस्नेरी–फर्पिङ खण्ड पहिरोका कारण अवरुद्ध बनेको छ । शनिबार साँझ ५ बजेर १५ मिनेटको समयमा इन्द्रसरोवर गाउँपालिका–३, ज्यामिरेमा पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शुक्रबारदेखिको अविरल वर्षाका कारण सडक अवरुद्ध भएको प्रहरीको भनाइ छ । डिभिजन सडक कार्यालयसँगको समन्वयमा पहिरो पन्छाउने प्रयास भए पनि पहिरो खसिरहेकोले तत्काल सडक सुचारु गर्न समस्या भइरहेको प्रहरीले जनाएको छ ।