सांकेतिक तस्वीर ।

हेटौँडा : मकवानपुर प्रहरीले हेटौँडा–११, थानाभर्‍याङस्थित प्रादेशिक कृषि थोक बजारको भवनभित्रबाट बिजुलीको तार चोरी गरी लैजाने क्रममा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो ४ बजेर १५ मिनेटको समयमा अस्थायी प्रहरी चौकी थानाभर्‍याङबाट खटिएको प्रहरी टोलीले सोही भवनभित्र चोरी कार्यमा संलग्न मकवानपुरगढी गाउँपालिका–५, सामरीका २५ वर्षीय राजकुमार सुनारलाई सामानसहित नियन्त्रणमा लिएको थियो । सुनारलाई सामानसहित नियन्त्रणमा लिई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।