हेटौँडा : हेटौँडा–२, मनकामना चोकमा मयुरीको ठक्करबाट एक जना बालिका घाइते भएकी छन् । शुक्रबार बिहान ११ बजेर ३० मिनेटको समयमा भित्री सडकखण्डमा चौकीटोलबाट पिप्लेतर्फ जाँदै गरेको ना १ ह ३४९८ नम्बरको मयुरीले १६ वर्षीया प्रज्वलिता चापागाईंलाई ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
मयुरीको ठक्करबाट प्रज्वलिताको टाउको र शरिरको विभिन्न भागमा चोट लागेको छ भने अवस्था मध्यम रहेको छ । बालिकाको हेटौँडा अस्पताल उपचार भईरहेको छ । मयुरी चालक रौतहट जिल्ला घर भई हाल हेटौँडा–१० बस्ने ४२ वर्षीय रामेश्वर शाहलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ ।











