हेटौंडाः कोरोना परीक्षणका लागि हेटौंडास्थित आइसोलेसन वार्डले आज शनिबार एक सय ३५ वटा नमूना स्वाब संकलन गरी प्रयोगशाला पठाएको छ । आइसोलेसेन वार्डले संकलित स्वाब नमूना हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा पठाएको हो ।

आज पठाइएका स्वाब नमूना मध्ये ६ वटा स्वाब संक्रमित व्यक्तिको हो भने एक सय २९ वटा नयाँ व्यक्तिको हो । हेटौंडास्थित आइसोलेसन वार्डले हिजो शुक्रबार ८३ वटा स्वाब नमूना परीक्षणका लागि प्रयोगशाला पठाएको थियो ।