हेटौँडा : विश्व नम्बर एक याडिया कम्पनिको विद्युतीय स्कुटर र साइकलको शोरुम हेटौँडामा खुलेको छ । बुधबार बिहान हेटौँडा–१०, टिसिएनरोडमा याडियाको शोरुम ‘इभो भोल्ट्स सिटी’ को उद्घाटन गरिएको हो ।
शोरुम सञ्चालक परिवारका ज्येष्ठ सदस्य रत्नमाया शाक्य, हेटौँडा–१० का वडाध्यक्ष फूर्वादोर्जे लामा र मकवानपुर उद्योग वाणिज्य संघकी महासचिव प्रतिमा श्रेष्ठले संयुक्तरुपमा पानसमा बत्ती बालेर, शोरुमको रिवन काटेर उद्घाटन गर्नुभयो । याडियाको ३ वटा मोडलका स्कुटर र एउटा विद्युतीय साइकल बिक्रीका लागि राखिएको छ । शोरुम उद्घाटनसँगै दसैं, तिहार तथा छठ पर्वको अवसरमा याडियाले २० हजारदेखि ४० हजार रुपैयाँसम्म छुट दिएको इभो भोल्ट्स सिटीका सञ्चालक रोमन शाक्यले जानकारी दिनुभयो ।
स्कुटरको मूल्य एक लाख ८५ हजार रुपैयाँदेखि २ लाख ८५ हजार रुपैयाँ रहेको छ भने विद्युतीय साइकलको मूल्य ९५ हजार रुपैयाँ रहेको छ । विद्युतीय साधनको बढ्दो आकर्षणबीच विश्व नम्बर एक ब्राण्डको हेटौँडामा बिक्री सुरु गरिएको सञ्चालक रोमन शाक्यको भनाइ छ ।
