हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–७ का सुशील दत्त पौडेलले हेटौँडाबाट मोटरसाइकल किन्दा ५० हजार रुपैयाँ उपहार पाउनुभएको छ । दसैं, तिहार तथा छठ पर्वको अवसरमा बजाज कम्पनिको मोटरसाइकल खरिद गर्दा साप्ताहिक लक्की ड्रमा शनिबार पौडेललाई ५० हजार रुपैयाँ उपहार प्राप्त गर्नु भएको हो ।
भरतपुरका पौडेलले हेटौँडास्थित होराइजन अटो प्रालिबाट एक साताअघि मात्रै १५० सीसीको पल्सर मोटरसाइकल खरिद गर्नुभएको थियो । बजाज कम्पनिले सात प्रदेशका सात जनालाई हरेक साता ५० हजार रुपैयाँ नगद प्रदान गर्ने योजना ल्याएको छ । बागमती प्रदेशको लक्की ड्र शनिबार काठमाडौंमा भएको थियो । लक्की ड्रमार्फत ५० हजार रुपैयाँ जित्नुभएका पौडेललाई आइतबार चेक हस्तान्तरण गरिएको छ ।
बजार कम्पनिले चाडपर्वको अफरस्वरुप मोटरसाइकल खरिद गरेलगत्तै मोबाइलमा अनलाइन क्रिकेट खेलेर जति रन बनायो त्यत्ति हजार रुपैयाँ अफर समेत ल्याएको छ । यो अफरमा एक जना ग्राहकले १ लाख रुपैयाँसम्म जित्न सक्ने होराइजन अटो प्रालिका सञ्चालक लालकाजी रत्न बज्राचार्यले जानकारी दिनुभयो । चाडपर्वमा मोटरसाइकलको व्यापार बढाउने उद्देश्यले ल्याएको अफरबाट आफ्नो ग्राहक लाभान्वित भएकोमा खुसी व्यक्त गर्नुहुँदै बज्राचार्यले अन्तिममा हुने लक्की ड्रको विजेताले आफूलाई मन पर्ने नेपाली क्रिकेटरसँग भेट्ने अवसर समेत प्राप्त गर्ने जानकारी दिनुभयो ।
















