रक्तदान गर्दै रक्तदाता ।

हेटौँडा : चैनपुर जेसीज मनहरीको आयोजनामा आइतबार बिहान मनहरीमा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । जेसीज सप्ताहको पहिलो कार्यक्रमको रुपमा मनहरी–९, रजैयाचोकमा रक्तदान कार्यक्रम भएको हो ।

कार्यक्रममा जेसीजका सदस्यहरु र खेलाडीहरुको पनि उपस्थिति रहेको थियो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो । यसअघि शनिबार हेटौँडाको बुद्धचोक र इन्द्रसरोवर गाउँपालिकाको फाखेलमा भएको रक्तदान कार्यक्रममा ७९ जनाले रक्तदान गरेका थिए ।