सांकेतिक तस्वीर ।

हेटौंडा : सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–४, खाङसाङबेशीमा सुनकोशी नदीको किनारमा रहेको दहमा डुबेका १७ वर्षीय शिखर ढकाल मृत फेला परेका छन् ।

सुनकोशी नदीको किनारमा रहेको दहमा पौडी खेल्ने क्रममा बिहिबार दिउँसो साढे ३ बजे वेपत्ता भएका ढकालको प्रहरीले खोजी गर्दा अपरान्ह ४ बजेर ५० मिनेटको समयमा शव फेला परेको बागमती प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।