सांकेतिक तस्वीर ।

हेटौँडा : बागमती प्रदेशको ५ जिल्लामा एकैदिन १० जनाको मृत्यु भएको छ । प्रदेशको सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, धादिङ र चितवन जिल्लामा सोमबार भएका विभिन्न घटनामा १० जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

नुवाकोटको बिदुर नगरपालिका–१, ढुङगेमा बस भित्र अचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको छ । सोमबार ३ बजेर ३५ मिनेटको समयमा काठमाडांैबाट नुवाकोट किस्पाङ तर्फ जाँदै गरेको प्रदेश ३–०१००५ ख ९४६५ नम्बरको बसमा बिदुर नगरपालिका–९ लामुटाका २५ वर्षीय अमृत विश्वकर्मा अचेत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । अमृत काठमाडौंबाट घर जाने क्रममा बस भित्र अचेत अबस्थामा फेला पारी उपचारको लागि त्रिशुली अस्पताल नुवाकोट लगिएको थियो । उपचारका क्रममा दिउँसो ४ बजेर ३० मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

नुवाकोटको लिखु गाउँपालिका–४, गड्खारमा खोलाले बगाएर मृत्यु भएको छ । मृत्यु हुनेमा ६५ वर्षीय ढकाल राई भन्ने पुर्ण बहादुर राई रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार साँझ ५ बजेको समयमा राई आफ्नै खेतमा धान काटेर घर आउँदा तादी खोला तर्ने क्रममा खोलाले बगाई बेपत्ता भएका थिए । राईलाई खोजतलास गर्दै जाँदा राती ९ बजेर ३० मिनेटको समयमा खोलाको किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका–३, मालिङ्गा त्रिशुली नदि किनारमा एक भारतीय नागरीक मृत फेला परेका छन् । मृत फेला पर्नेमा भारत बिहार राज्य पृर्वीचम्पारण जिल्ला मंगुरहा कौवाह घर भई हाल गाउँपालिका–३ रातमाटे बस्ने १९ वर्षीया खुसी कुमारी रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार बिहान ११ बजेको समयमा त्रिशुली नदि किनारमा खुसी मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९, भैसे एक बालिकाको शव फेला परेको छ । सोमबार दिउँसो १२ बजेर ३० मिनेटको समयमा हाल नामथर नखुलेको अन्दाजी १२ वर्षीय बालिका सुनकोशी नदिको कुनामा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि चौतारा अस्पताल लगिएको छ ।

सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–३, करमबोटमा एक जना महिलाको शव फेला परेको छ । सोमबार दिउँसो २ बजेर ३० मिनेटको समयमा नाम थर नखुलेको अन्दाजी ४५ वर्षीया महिला सुनकोशी नदिको किनारमा सडिगलेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

चितवनको कालिका नगरपालिका–३, दुई सय बिघामा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४६ वर्षीया सुखमाया थिङ रहेको प्रहरीले जनाएको छ । सोमबार बिहान ११ बजेको समयमा सुखमाया आफ्नै घरमा एक्कासी बोमिट गरी बिरामी भएकी थिइन् । सुखमायालाई उपचारका लागि कालिका नगर अस्पताल लगिएकोमा चिकित्सकले चेक जाँच गरी मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

चितवनको भरतपुर महानगरपालिका–५, कल्याणपुरमा एक जना बेबारीसे वृद्धको मृत्यु भएको छ । सोमबार दिउँसो १ बजेर ३५ मिनेटको समयमा मागि खाई हिडने हाल नाम थर नखुलेको अन्दाजी ७० वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल लगिएको छ ।

चितवनको रत्ननगर नगरपालिका–१३, मा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षीया भुमा केसि रहेको प्रहरीले जानकारी दिएको छ । बिरामी भए पश्चात भुमालाई आइतबार उपचारका लागि भरतपुर–१०, स्थित हेल्प नेपाल मेन्टल हस्पिटल लगिएको थियो । श्वासप्रस्वासमा समस्या भए पश्चात सोमबार दिउँसो २ बजेको समयमा भुमालाई थप उपचारका लागि भरतपुरस्थित नयाँ मेडीकल कलेज लगिएकोमा दिउँसो ३ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

चितवनको राप्ती नगरपालिका–२, गड्यौलीमा खाल्टोेको पानीमा डुबेको एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ वर्षीय आयुष बर्तौला रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार साँझ ६ बजेको समयमा घर नजिकै रहेको खाल्टोको पानिमा डुबेर बालक अचेत अजस्थामा फेला परेका थिए । बालकलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएकोमा बेलुका ७ बजेर १० मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

चितवनको भरतपुर महानगरपालिका–१, भतेरी जंगल कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । सोमबार बिहान १० बजेर १५ मिनेटको समयमा नारायणगढ मुग्लिङ्ग सड्क खण्डमा नारायणगढबाट मुग्लिङ्ग तर्फ जाँदै गरेको बा प्र ०१–०३३ च २६२७ नम्बरको कारले बिपरीत दिशाबाट आउँदै गरेको ग २३ प ३०९२ र बा.प्र.०६–००१ प ९३९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा ३०९२ नम्बर मोटरसाइकल चालक कास्की जिल्लाको पोखरा महानगरपालिका–११, बस्ने ३६ वर्षीय राजु आचार्य, ९३९१ नम्बर चालक गोरखा जिल्लाको भिमसेन थापा गाउँपालिका–१ का ५६ वर्षीय खड्क प्रसाद पौडेल र पछाडी सवार ४५ वर्षीया रेखा कुमारी पौडेल घाइते भएका थिए । घाइते तिनै जनालाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो । उपचारको क्रममा रेखा कुमारीको सोमबार दिउँसो १२ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।