हेटौँडा : सिन्धुली जिल्लाको मरिण गाउँपालिका–२, कटन जल्केनीमा अरिङ्गालले चिलेर एक महिलाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा ३० वर्षीया रुकुमी राना रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
शनिबार राती ८ बजेको समयमा रुकुमीलाई घरमा बसिरहेको अवस्थामा अरिङ्गालले चिल्दा घाइते भएकी थिइन् । रुकुमीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोट लगिएको थियो । उपचारको क्रममा रुकुमीको आइतबार दिउँसो १ बजेर २० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अरिङ्गालले चिलेर घाइते भएका ३ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा सामान्य उपचार पश्चात थप उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको छ ।
















