हेटौंडा–५, पिप्लेमा निर्माणाधीन कभर्डहल ।

हेटौंडाः हेटौंडा–५, पिप्लेमा पिप्ले युवा क्लबले निर्माण गरिरहेको वहुउद्देश्यीय कभर्डहल निर्र्माणका लागि पुर्व सांसद एवम् अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले ५० हजार रुपैयाँ सहयोगको घोषणा गर्नुभएको छ । कभर्ड हल निर्माणका लागि दिनहुँजसो सहयोग प्राप्त भइरहेको छ ।

सहयोगी गणेश थापा ।

आज बिहान थापाले सहयोगको घोषणा गर्नुभएको पिप्ले युवा क्लब अध्यक्ष एवम् कभर्डहल निर्माणका अगुवा सुशील घिमिरेले जानकारी दिनुभएको छ । वहुउद्देश्यीय कभर्डहल निर्र्माणका अन्तिम चरणमा पुगिसकेको छ । कभर्डहलमा बक्सिङ, भलिबल, बास्केट बल, व्याडमिन्टन लगायतका खेलहरु खेल्न मिल्ने गरी निर्माण भइरहेको घिमिरेले जानकारी दिनुभयो ।