निबन्ध प्रतियोगितामा सहभागी विद्यार्थीहरु।

हेटौँडा : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) हेटौँडा उपमहानगर समितिको आयोजनामा निबन्ध प्रतियोगिता आयोजना गरिएको छ। बुबाको मुख हेर्ने दिनको सन्दर्भमा आयोजित प्रतियोगितामा २२ वटा विद्यालयका ४२ जना विद्यार्थी सहभागी छन् ।

कक्षा–६ देखि कक्षा ८ सम्मका विद्यार्थी सहभागी प्रतियोगिताको उद्घाटन कार्यक्रम प्याव्सन हेटौँडा उपमहानगर समितिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा भएको थियो। प्रतियोगिताका उत्कृष्ट ३ विद्यार्थीलाई जनही २ हजार ५ सय रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।