विद्यालयलाई पानीको जार वितरण गरिँदैको तस्वीर ।

हेटौंडा : बकैया–४ मा रहेका महेन्द्र माध्यमिक विद्यालयका शिक्षकहरुले विद्यालयलाई पानीको जार दिएका छन् । विद्यालयमा कार्यरत कर्मचारी तथा शिक्षकहरुले उपहारस्वरुप पानीको जार प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक खेम विश्वकर्माले बताउनु भयो ।

प्रधानाध्यापक विश्वकर्मा तथा शिक्षकहरु गायत्री रुपाखेती, ओमप्रकाश गुप्ता, श्रीबहादुर राई र राकेश यादवले २÷२ थान जार प्रदान गर्नुभएको छ । यस्तै, कल्याण खनाल, कल्याण राई, पंकजकुमार यादव, रोशन राई, रमेश दाहाल, सरला पुडासैनी, सरस्वती ढकाल र जीवन चौलागाईँले १÷१ थान जार उपहार दिनुभएको हो ।

शिक्षक तथा कर्मचारीहरुबाट प्राप्त जार विद्यार्थीहरुका लागि कक्षाकोठामा राखिएको छ । विद्यार्थीहरुलाई कक्षाभित्रै स्वस्थ खानेपानी व्यवस्थापनका लागि जार उपलब्ध गराइएको प्रधानाध्यापक विश्वकर्माले बताउनु भयो । शिक्षकबाट उपहार पाउँदा विद्यार्थीहरुमा त्यसप्रतिको माया र सुरक्षित प्रयोगको वातावरण बन्ने र प्रभावकारी हुने प्रधानाध्यापकको भनाइ छ ।