Home मुख्य समाचार बकैयामा ट्र्याक्टर दुर्घटना : बाराका बुद्धिलालको मृत्यु

बकैयामा ट्र्याक्टर दुर्घटना : बाराका बुद्धिलालको मृत्यु

सांकेतिक तस्वीर ।

हेटौँडा : मकवानपुरको बकैया गाउँपालिका–६, खोपिल्टो गाउँमा ट्याक्टर खेतको कान्लाबाट खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार दिउँसो २ बजेको समयमा स्थानीय राम बहादुर ब्लोनको खेत जोत्ने क्रममा ना ६ त ८९९९ नम्बरको ट्र्याक्टर खेतको कान्लाबाट पल्टिएर दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

दुर्घटनामा ट्र्याक्टर चालक बारा जिल्लाको निजगढ नगरपालिका–१२, रामथलीका ३३ वर्षीय बुद्धिलाल थिङलाई ट्याक्टरले किच्दा घटनास्थलमानै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि सरकारी अस्पताल चन्द्रनिगाहापुर लगिएको छ ।

Exit mobile version