Home मुख्य समाचार मोटरसाइकल दुर्घटनामा घाइते भएका अमीरको उपचारको क्रममा मृत्यु

मोटरसाइकल दुर्घटनामा घाइते भएका अमीरको उपचारको क्रममा मृत्यु

हेटौँडा : मकवानपुरको थाहा नगरपालिका–१०, टौखेलमा मोटरसाइकल अनियन्त्रित भई ट्रकमा ठोकिँदा घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । गत साउन १४ गते राती ९ बजेर ४५ मिनेटको समयमा टौखेलस्थित गणेशमान सिंह सडक खण्डमा बिसंखेबाट टौखेलतर्फ जाँदै गरेको बा प्र ६६ प २३५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई तरकारी लोड गर्न रोकी राखिएको ना ७ ख ४२७६ नम्बरको ट्रकमा ठोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक टौखेलका ३२ वर्षीय अमीर गोपाली गम्भिर घाइते भएका थिए । गोपालीको काठमाडौँस्थित बि एण्ड बि अस्पतालमा उपचार पश्चात थप उपचारका लागि काभ्रेको बनेपास्थित बिग केयर अस्पताल लगिएको थियो । उपचारको क्रममा शनिबार बेलुका ७ बजेर ३० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version