हेटौँडा : १८ औँ पुस्तकालय दिवसको अवसरमा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । साहित्य सङ्गम मकवानपुर र पुष्पलाल स्मृति पुस्तकालयले संयुक्तरुपमा प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
‘हाम्रो पुस्तकालय : हाम्रो भविष्यमा’ भन्ने शीर्षकमा वक्तृत्वकला प्रतियोगिता हुन लागेको हो । मकवानपुर जिल्लाभित्र ९ कक्षादेखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थीले प्रतियागितामा भाग लिन पाउनेछन् । प्रतियोगिता भदौ १५ गते पुस्तकालय दिवसको दिन हेटौंडा–५ स्थित पुष्पलाल स्मृति पुस्तकालयमा हुनेछ ।
प्रतियोगिमा प्रथम हुनेले नगद २ हजार ५ सय, द्वितीय हुनेले नगद २ हजार र तृतीय हुनेले नगद एक हजार ५ सय रुपैयाँ पुरस्कार पाउने छन् । त्यसैगरी प्रतियोगिहरुले सान्त्वना पुरस्कार स्वरुप नगद १ हजार पाउने छन् ।











