पत्रकार बलराम बानियाँ ।

हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित माण्डु जलविद्युत आयोजना नजिकै बागमती खोलामा मंगलबार बिहान भेटिएको शव कान्तिपुर दैनिकका पत्रकार बलराम बानियाँको भएको पुष्टि भएको छ । बागमती खोलाको पानी बाँध बाँधेर जलविद्युत आयोजनामा प्रयोग गरिएको छ ।

जलविद्युत आयोजनाको बाँध नजिकै बागमती खोलामा शव देखिएपछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट गएको टोलीले शव निकालेर हेटौंडा अस्पताल पठाएका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता ईन्द्रबहादुर रानाका अनुसार काठमाडौंमा प्रहरीमा परेको निवेदन, फोटोका आधारमा बलराम बानियाँ नै भएको पुष्टि हुनेछ । कान्तिपुर दैनिकका लागि मकवानपुरबाट समाचार लेख्नु हुने वरिष्ठ पत्रकार प्रताप विष्टले पनि मृतक बलराम बानियाँ नै भएको बताउनुभएको छ । फोटो हेर्दा बलराम बानियाँ नै भएको विष्टले बताउनुभयो ।