हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले अहिले दैनिकरुपमा डिसइन्फेक्सन गर्दै आएको छ । कोरोना सङ्क्रमितको घर र वरिपरि टोलमा डिसइन्फेक्सन गरिदै आएको हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिनाकुमारी लामाले बताउनुभयो । नगर क्षेत्रका सम्पूर्ण सङ्क्रमितको घर र वरिपरि टोलमा डिसइन्फेक्सन गरिने उपमेयर लामाले बताउनुभयो ।
उहाँका अनुसार आज बिहान मात्रै हेटौंडा–१३, पदमपोखरीमा ३ जना कोरोना संक्रमितको घर र वरिपरि टोलमा डिसइन्फेक्सन गरिएको छ । आज बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष मनोज वाइबा, उपमहानगरपालिकाको स्वास्थ्य प्रमुख सुपेन्द्र कार्की लगायत नगर प्रहरीको उपस्थितीमा डिसइन्फेक्सन गरिएको हो ।