हेटौंडाः हेटौंडाको आइसोलेसन वार्डबाट आज ८४ जनाको कोरोना परीक्षण गर्न स्वाबको नमूना सङ्कलन भएको छ । हिजोमात्र १ सय २९ जना, अस्ति ९५ जनाको स्वाबको नमूना सङ्कलन गरेको आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताउनुभयो ।

आज सहित हिजो र अस्ति ३ दिनको नमूनाको रिपोर्ट प्राप्त हुन बाँकी रहेको जनाइएको छ । आज साँझसम्म अस्ति संकलन भएको नमूनाको रिपोर्ट प्राप्त हुने आइसोलेसन वार्डले जनाएको छ । पछिल्लो समय स्वाब सङ्कलन बढेसँगै कोरोना परीक्षणको रिपोर्ट आउन ढिलाई भएको छ ।