हेटौंडाः हेटौंडाको आइसोलेसन वार्डको बेड भरिएपछि कोरोना सङ्क्रमित घरमै बस्दै आएका छन् । हेटौंडा–४, कर्राको श्रमिक माविमा हेटौंडा अस्पतालले सञ्चालन गरेको ३५ बेडको आइसोलेसन वार्डमा आज ३९ जना कोरोना सङ्क्रमित बसेका छन् ।
पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमितको संख्या बढ्दै गएपछि १२ जना कोरोना संक्रमित होम आइसोलेसनमा बसेका छन् । ३ जना होम आइसोलेसनमा बसेकाहरु भने डिस्चार्ज भएका आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताउनुभयो । संघीय सरकारको जेठ २० गतेको निर्णयको निर्देशन बमोजिम उनीहरुलाई होम आइसोलेसनमा राखिएको जनस्वास्थ्य निरीक्षक चौलागाईको भनाइ छ ।