
हेटौँडा : अजरबैजानको बाकुमा सम्पन्न अन्तर्राष्ट्रिय क्युकोशिन कराँतेमा पदक विजेता खेलाडीलाई हेटौँडा उपमहानगरपालिकाले सम्मान गरेको छ ।
मंगलबार एक समारोहका बीच प्रतियोगितामा नेपालका लागि दुई विधामा स्वर्ण र कास्य पदक बिजेता हेटौँडा उपमहानगरपालिका–१८ का सुदर्शन खतिवडालाई नगद २५ हजार १२५ रुपैयाँसहित सम्मानपत्र हस्तान्तरण गरिएको थियो । नगर प्रमुख मीनाकुमारी लामाले खतिवडालाई नगदसहित सम्मान गर्नुभएको हो ।