Home मुख्य समाचार मनहरीमा मोटरसाइकलको ठक्करबाट रौतहटकी परमज्योतिको मृत्यु

मनहरीमा मोटरसाइकलको ठक्करबाट रौतहटकी परमज्योतिको मृत्यु

हेटौँडा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९, ज्यामिरेमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । बिहीबार बिहान ११ बजेर १६ मिनेटको समयमा मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश ३–०२–००६ प १९८० नम्बरको मोटरसाइकलले बाटो पार गर्दै गरेकी रौतहट जिल्लाको गढिमाई नगरपालिका–४ की ४६ वर्षीया परमज्योति देवी चौधरीको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट घाइते भएकी चौधरीको मंगलबार दिउँसो साढे ४ बजेको समयमा उपचारको क्रममा चितवन जिल्लास्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले मोटरसाइकल चालक हेटौँडा–११, नवलपुरका २१ वर्षीय असवयस पुडासैनीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

Exit mobile version