प्रदेश सभामा सहभागी सांसदहरु

हेटौँडा : बागमती प्रदेशसभा बैठक सुरु भएको छ । बिहान ११ बजेका लागि आह्वान भएको प्रदेशसभाको बैठक एक घण्टा ढिला गरी सुरु भएको हो ।

प्रदेशसभाको आजको बैठकमा विशेष समयको कार्यसूचि रहेको छ । उक्त समयमा सांसदहरुले प्रदेशका समयासामयिक राजनीतिक आर्थिक सामाजिक लगायतका विषयमा धारणा राख्नेछन् ।