सांकेतिक तस्वीरः गुगल ।

हेटौंडाः हेटौंडा–१४, रातोमाटेमा सोमबार साँझ १८ महिने बालक घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको छ ।

साँझ साढे ५ बजेको समयमा पोखरीमा डुबेका आश्विन थिङलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको थियो । थिङको साँझ ६ बजेको समयमा हेटौंडा अस्पतालका चिकित्सकले थिङको मृत्यु भएको घोषणा गरेका थिए ।