हेटौंडाः सोमबार राती पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–११, थानाभर्याङमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । गए राती साढे ११ बजेको समयमा हेटौंडा बजारबाट हेटौंडा–११, नवलपुरतर्फ जाँदै गर्दा बा प ५४१३ नम्बरको मोटरसाइकल हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ५ ख ५६७९ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मोटरसाइकलको पछाडि बस्ने हेटौंडा–११, नवलपुरका १८ वर्षीय अजय विश्वकर्माको उपचारको क्रममा हेटौंडाको चुरेहिल हस्पिटलमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । मोटरसाइकल चालक २४ वर्षीय सुनिल सुनार सामान्य घाइते भएका थिए । उनी सामान्य उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरीले ट्रक चालक र ट्रकलाई नियन्त्रणमा लिएको जनाएको छ ।