Home मुख्य समाचार बागमती प्रदेशसभामा एमालेको प्रमुख सचेतकमा श्रेष्ठ नियुक्त

बागमती प्रदेशसभामा एमालेको प्रमुख सचेतकमा श्रेष्ठ नियुक्त

एकालाल श्रेष्ठलाई प्रमुख सचेतकमा नियुक्त गरिएको पत्र हस्तान्तरण गर्नुहुँदै संसदीय दलको नेता जगन्नाथ थपलिया ।

हेटौँडा : बागमती प्रदेशसभामा नेकपा एमालेको प्रमुख सचेतकमा एकालाल श्रेष्ठ नियुक्त हुनुभएको छ । नेकपा एमाले संसदीय दलको नेता जगन्नाथ थपलियाले श्रेष्ठलाई प्रमुख सचेतकको जिम्मेवारी प्रदान गर्नुभएको हो ।

प्रदेशसभा सचिवालय परिसरस्थित नेकपा एमाले संसदीय दलको कार्यालयमा बिहीबार नेता थपलियाले श्रेष्ठलाई प्रमुख सचेतकको नियुक्तिपत्र प्रदान गर्नुभएको छ । नेता थपलियाले एमाले संसदीय दलको विधान २०७७ को दफा १३ बमोजिम प्रमुख सचेतकको जिम्मेवारी प्रदान गर्नुभएको हो । प्रदेशको खानेपानी उर्जा तथा सिंचाई मन्त्री समेत भइसक्नु भएका श्रेष्ठ मकवानपुर क्षेत्र नम्बर १ (२) बाट प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको हो ।

बागमती प्रदेशसभामा यसअघिका एमाले संसदीय दलको प्रमुख सचेतक मधुसुदन पौडेल प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्री नियुक्त हुनुभएपछि प्रमुख सचेतकको जिम्मेवारी श्रेष्ठलाई प्रदान गरिएको हो ।

Exit mobile version