जुनियर रेडक्रस सर्कल पुनर्गठनपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौँडा : हेटौँडा–५ स्थित सिद्धार्थ शिशु सदनमा जुनियर रेडक्रस सर्कल (जुरेस) को पुनर्गठन गरिएको छ । बुधबार एक भेलाले विधान घिमिरेको सभापतित्वमा नयाँ समिति गठन गरिएको शिक्षक सुन्दर लुइटेलले जानकारी दिनुभयो ।

जुरेसको महामन्त्रीमा अन्तिमा चौधरी, सह–महामन्त्रीमा अपेक्षा चौधरी, सचिवमा सिद्धान्त यादव, सहसचिवमा सक्सिका राई र कोषाध्यक्षमा आभान्स बास्कोटा चयन हुनुभएको छ । सदस्यमा श्रेष्ठा प्रधान, प्रिन्स शर्मा, प्रकृति विष्ट र उत्कृष्टता शर्मा चयन हुनुभएको छ । जुरेसका संरक्षक प्रिन्सीपल निर्मल पराजुलीको प्रमुख आतिथ्यमा भेला भएको हो ।