हेटौँडा : हेटौँडा–४ स्थित ब्रह्मदिक एकेडेमीले २०८१ सालको एसईईमा जीपीए ३.६ भन्दा बढी प्राप्त गर्ने आफ्ना विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ । बुधबार विद्यालयमै एक समारोहका बीच जीपीए ३.६ भन्दा बढी प्राप्त गर्ने ९ जना विद्यार्थीलाई जनही १० हजार रुपैयाँसहित सम्मान गरिएको हो ।
२०८१ सालको एसईईमा सहभागी ५६ जना विद्यार्थी मध्ये ९ जना विद्यार्थीले ३.६ जीपीए भन्दा बढी अंक प्राप्त गरेका छन् । यस्तै विषयगत नतीजा जीपीए ४ हासिल गर्ने विद्यार्थीका शिक्षकलाई पनि विद्यालयले सम्मान गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार बानियाको अध्यक्षता तथा विद्यालय सञ्चालक समितिका अध्यक्ष मधुकर सिंह थापा मगरको प्रमुख आतिथ्यमा विद्यार्थी सम्मान कार्यक्रम भएको हो । यसैबीच प्रिन्सीपल रामबाबु सापकोटाले आगामी वर्षदेखि एसईईमा जीपीए ४ ल्याउने विद्यार्थीलाई ५० हजार रुपैयाँसहित सम्मान गर्ने जनाएको छ ।











