हेटौँडा : लागूऔषध खैरो हेरोइनसहित मकवानपुर प्रहरीले हेटौँडा–११ का रविन्द्र पुडासैनीलाई पक्राउ गरेको छ ।
बुधबार दिउँसो ४ बजेर २० मिनेटको समयमा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा–११, थानाभर्याङबाट ४४ वर्षीय पुडासैनीलाई १ ग्राम ६०० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
