Home अर्थ/व्यापार क्लासिक टेक १६ औं वर्षमा

क्लासिक टेक १६ औं वर्षमा

हेटौँडा : इन्टरनेट सेवा प्रदायक कम्पनि क्लासिक टेक १६ औ वर्षमा प्रवेश गरेको छ । सन् २००९ मा औपचारिक रुपमा स्थापना भएको इन्टरनेट सेवा प्रदायक कम्पनि क्लासिक टेकले हालसम्म देशको मुख्य मुख्य सहरमा विस्तार भएको छ । देशका ७४ जिल्लामा एफÞटीटीएच र वायरलेस विस्तार गरी तीव्र गतिको स्तरीय इन्टरनेट तथा इन्टरनेट टिभी (आइपी टिभी) सन्चालन गरेको छ ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै क्लासिक टेकले देशभर १०४ शाखाहरूमार्फत सेवा प्रदान गर्दै आएको छ । क्लासिक टेकको आफ्नै डेटा सर्भरबाट डेटा कनेक्टिभिटी, नेटवर्क इन्टिग्रेसन, सफ्टवेयर डेभलपमेन्टमार्फत आफ्ना ग्राहकहरुलाई इन्टरनेट सेवा प्रदान गर्दै आएको जनाएको छ । वाईफाई सिक्स प्रविधि भएको राउटर, कन्टेन्ड डिलिभरि नेटवर्क कम्पनिमै होस्ट भएकाले गर्दा थप गुणस्तरीय र विश्वसनीय सेवा संचालनमा कम्पनि अग्रसर रहेको दावी गरिएको छ ।

कम्पनीले १६औं वार्षिकोत्सवको अवसरमा ग्राहकलाई ‘जतिमा चाहियो, त्यतिमा पाइयो !’ अफर सार्वजनिक गरेको छ । इन्टरनेट टिभी र वाइफाई सिक्स राउटर पनि त्यतिमै पाइने क्लासिकटेकले जनाएको छ । ग्राहकले आफ्नो बजेट अनुसार इन्टरनेट लिन सकिने कम्पनिको भनाई छ ।

Exit mobile version