हेटौंडाः कथाकार श्यामप्रसाद श्रेष्ठको कथा संग्रह ‘कठै’ सार्वजनिक गरिएको छ । भानु जयन्तीको अवसरमा ड्यालस, टेक्सासमा एक कार्यक्रम गर्दै कृति सार्वजनिक गरिएको हो ।
ड्यालसस्थित श्रीकृष्ण प्रणामी हिन्दु समाजको आयोजनामा कार्यक्रम भएको थियो । कार्यक्रममा आयोजक संस्थाका निवर्तमान अध्यक्ष राजेन्द्र वाग्लेले सार्वजनिक पुस्तकबारे चर्चा गर्नुभएको थियो । लघुकथा केन्द्रका अध्यक्ष लता केसीले लघुकथा लेखन बिधिबारे प्रकाश पार्नुभएको थियो । यस्तै, लघुकथाकार विवेक शर्मा गौतमले लघुकथा बाचन गर्नुभएको थियो ।
कार्यक्रममा गजलकार डा सुनिल खनालले गजल र कवि सुवास दंगाल र सागर खतिवडाले कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा राजेन्द्र वाग्ले, नुरनाथ सुवेदी र सार्वजनिक पुस्तकको लेखक श्यामप्रसाद श्रेष्ठलगायतले मन्तब्य राख्नुभएको थियो । संस्थाको अध्यक्ष दीपक ढकालको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथिको रुपमा नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले, एनसीआईसीका कोषाध्यक्ष दिनेश न्यौपाने हुनुहुन्थ्यो । कार्यक्रममा एनसीआईसीका सल्लाहकार भुवन आचार्य, एभरेष्ट क्रेडिट युनियनका डाइरेक्टर डा मिलन पौडेललगायतको आतिथ्य थियो ।










