हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० स्थित रत्नदेवी माविमा भलिबल प्रशिक्षण सुरु भएको छ । ओमकुमार लामाको अगुवाईमा स्थानीय युवाको साथ र सहयोगमा प्रशिक्षण सुरु गरिएको हो ।

कोरोना महामारीका बीच हाल कुनै पनि खेलकुदको गतिविधि नभइरहेको अवस्थामा उच्च सतर्कता अपनाउँदै २० जना प्रशिक्षार्थीलाई सहभागी गराई भलिबल प्रशिक्षण सुरु गरिएको प्रशिक्षक लामाले जानकारी गराउनु भयो । युवा पुस्ता लागुपदार्थ दूव्र्यसन रहेको र युवालाई दूव्र्यसनबाट बचाउन, स्वास्थ्यका लागि खेलकुद भन्ने उद्देश्यका साथ भलिबल प्रशिक्षण सुरु गरिएको लामाको भनाइ छ ।