सांकेतिक चित्र ।

हेटौंडाः तिब्बत सरकारले बागमती प्रदेशलाई १३ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । शुक्रबार तिब्बत सरकारले बागमती प्रदेशलाई रसुवाको रसुवागढी नाकामा हस्तान्तरण गरेको हो । तिब्बतको तर्फबाट डेप्युटी डिभिजन चिफ अफ द ईन्टरनेशनल को–अपरेसन एण्ड एक्सचेन्ज अफ एफ ए ओ लि हुवान र सोहि डिपार्टका पेमा युजेनले बागमती प्रदेशका उपसचिब डा. अर्जुन सापकोटा, रसुवाका प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरीका रसुवा जिल्ला प्रमुखलाई हस्तान्तरण गर्नुभएको थियो ।

प्राप्त सामग्रीमा भेन्टीलेटर १६ थान, कन्सेन्ट्रेटर १५ थान, सिरिन्ज पम्प १० थान, इन्फ्युजन पम्प १० थान, ईलेक्ट्रो कार्डियोग्राफ ३ थान, मोनिटर प्यासेन्ट ६० थान, कलर डप्लर अल्टासाउण्ड डायग्नोष्टिक सिस्टम १० थान, एनेस्थेटिक लारिङगोस्कोप १० थान, अक्सीजनट रिजर्ब भोयर व्याग ५० थान, ब्लड ग्याँस एनालाईजर १० थान, डेफिग्रीलेटर, मोबाईल १० थान, अक्सीमिटर, पल्स २० थाल, आईसियु बेड ५० थान, पिपीई, १००० थान, एन ९५ मास्क २००० थान, डिस्पोजेबल नाईट ट्रायल इक्जाम ग्लोबस् २००० थान, डिस्पोजेबल गोफेन्ट क्याप २००० थान, मेडिकल आइसोलेन बुट, सु कभर २००० थान सहयोग प्राप्त भएको हो । यी सामग्रीहरु प्रदेशका अस्पतालहरुमा आवश्यकता अनुसार पठाईने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।