हेटौंडाः ईलाका प्रहरी कार्यालय पशुपतिनगर र सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरले हेटौंडा–९ स्थित प्रगति माविलाई बिरुवा हस्तान्तरण गरेको छ । विद्यालय परिसरमा भएको एक कार्यक्रममा ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेले विद्यालयका प्राचार्य निरञ्जन ढकाललाई धुपी लगायत विभिन्न जातका बिरुवा हस्तान्तरण गर्नुभएको छ ।
प्रहरी निरीक्षक काफ्लेले देश कोभिड १९ को प्रकोपमा रहेको र कोभिड १९ बाट बच्न भैतिक दूरी कायम गर्न आग्रह गर्नुभयो । प्रहरी निरीक्षक काफ्लेले कोरोना प्रकोपका बीच शान्ति सुरक्षामा सदैव तत्पर रहेकाले जुनकुनै समयमा प्रहरीलाई खबर गर्न हिच्किचाउन नपर्ने बताउनुभयो । विद्यालयका प्राचार्य ढकालले विद्यालयलाई प्राप्त सहयोग सराहनीय भएको बताउनुभएको छ । बिरुवा हस्तान्तरण कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष राम विष्ट, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुमणि अधिकारी, सामुदायिक प्रहरी सेवा केन्द्रका सदस्य सिताराम पौडेल लगायतको उपस्थिति रहेको थियो ।