हेटौँडा: बिहीबार राती हेटौँडामा मोटरसाइकल दुर्घटनामा परी राक्सिराङ गाउँपालिका-९, अठारेस्थित कालिका माविका प्रधानाध्यापक दिपेन्द्र कुमार झाको मृत्यु भएको छ।
बिहीबार राती ११ बजेर २० मिनेटको समयमा ४५ वर्षीय झाले चलाएको ना ४३ प ४५१५ नम्बरको मोटरसाइकल हेटौँडा बजारको बुद्धचोकबाट राप्तीरोड हुँदै थानाभर्याङतर्फ जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
झाको स्थायी ठेगाना धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका-४ घर भई लामो समयदेखि हेटौँडा बसोबास गर्दै राक्सिराङस्थित कालिका माविमा प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो।











