हेटौँडा : हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टले बुधबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा २७ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौँडाले जनाएको छ ।
रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो । म्यानेजमेन्टका प्राध्यापक, कर्मचारी, विद्यार्थीले रक्तदान गरेका थिए । असार महिनामा नियमितजसो रक्तदान कार्यक्रम भइरहेकोले रक्तसञ्चार केन्द्रमा रगतको वितरण व्यवस्थापन सहज रुपमा भइरहेको रक्तसञ्चार केन्द्र हेटौँडाले जनाएको छ ।











