वक्तृत्वकला प्रतियोगिताका विजेतालाई पुरस्कार वितरणपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौँडा : हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलमा वक्तृत्वकला प्रतियोगिता भएको छ । कक्षा–६, ७ र ८ का विद्यार्थीको सहभागितामा बुधबार वक्तृत्वकला प्रतियोगिता भएको हो ।

प्रारम्भिक चरणमा सहभागी हुन इच्छुक ७३ जना विद्यार्थीबाट २८ जनालाई छनोट गरिएको थियो । बुधबार एक कार्यक्रमका बीच २८ जना प्रतिस्पर्धीले ‘डिजिटल संसारको फाइदा र वेफाइदा’ विषयक वक्तृत्वकलामा ७ कक्षाकी अनुशिलन अधिकारी प्रथम, ८ कक्षाकी एमि श्रेष्ठ द्वितीय, कक्षा–७ की प्राप्ति थापा तृतीय हुँदै पुरस्कृत हुनुभएको छ ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेशप्रसाद भण्डारीको प्रायोजनमा भएको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २ हजार ५ सय, २ हजार र १ हजार ५ सय रुपैयाँ नगद प्राप्त गरेका छन् । विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेश भण्डारी, विद्यालयका निर्देशक मोहनप्रसाद शर्मा, प्रिन्सीपल विनोद सुवेदीको उपस्थितिमा विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । निमावि तहकी शिक्षक निर्मला अर्यालको संयोजनमा वक्तृत्वकला प्रतियोगिता भएको हो ।