Home मुख्य समाचार चट्याङ्ग लागेर राक्सिराङमा एकजनाको मृत्यु

चट्याङ्ग लागेर राक्सिराङमा एकजनाको मृत्यु

हेटौँडा : मकवानपुरको राक्सिराङ गाउँपालिकामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । शुक्रबार साँझ साढे ५ बजेको समयमा राक्सिराङ–८, माइसिराङस्थित आफ्नै घरमा बसिरहेकी ७ वर्षीया युनिका प्रजाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

चट्याङ लागेर २७ वर्षीया रविना प्रजा सामान्य घाइते भएकी थिइन् भने उनकी छोरी युनिका गम्भीर घाइते भएकी थिइन् । रविना र युनिकालाई उपचारका लागि मनहरी अस्पताल पुर्‍याइएको थियो । उपचारको क्रममा शुक्रबार राती ८ बजेर ५२ मिनेटको समयमा युनिकाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घाइते रविनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Exit mobile version