Home मुख्य समाचार सान्नानटारमा घाइते भेटिएका एकको मृत्यु

सान्नानटारमा घाइते भेटिएका एकको मृत्यु

सांकेतिक तस्वीर ।

हेटौँडा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१९, सान्नानटारमा घाइते अवस्थामा भेटिएका एक पुरुषको मृत्यु भएको छ । शनिबार बिहान ईलाका प्रहरी कार्यालय नेवारपानीबाट राजमार्ग गस्तीमा निस्किएको प्रहरी टोलीले सान्नानटारमा शनिबार बिहान २ बजेर २५ मिनेटको समयमा अन्दाजी ४० वर्षीय पुरुषलाई सान्नानटारमा घाइते अवस्थामा भेटेको थियो ।

टाउकोमा गम्भीर चोट देखिएकोले सवारी साधनले ठक्कर दिएको हुन सक्ने प्रहरीको अनुमान छ । घाइते पुरुषलाई उपचारका लागि हेटौँडा अस्प्ताल पुर्‍याइएको थियो । उपचारको क्रममा ती पुरुषको शनिबार बिहान ३ बजेर २० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

Exit mobile version