हेटौँडा: यु–१४ राष्ट्रिय क्रिकेट प्रतियोगिता सहभागी हुने बागमती प्रदेश क्रिकेट टिममा मकवानपुरका एक खेलाडी समेटिएका छन् । शुक्रबार बागमती प्रदेश क्रिकेट संघले सार्वजनिक गरेको टिममा मकवानपुरका करण अग्रवाल छनोट भएका मकवानपुर क्रिकेट संघका सचिव विनोद कुमार बानियाँले जानकारी दिनुभयो ।
हेटौँडा–२ का अग्रवाल दायाँ हाते व्याट्सम्यान हुनुहुन्छ । राष्ट्रिय खेलकुद परिषदले आयोजनामा आज आइतबारदेखि काठमाडौंको मुलपानी क्रिकेट रंगशालामा हुने यु–१४ राष्ट्रिय क्रिकेट प्रतियोगिताका शुरु हुनेछ । अग्रवाल ८ वर्षदेखि क्रिकेट खेल्दै आउनुभएको छ । अग्रवाल यसअघि मकवानपुर र बागमती प्रदेश बीच भएको यू–१६ अन्तर्गतको खेल खेलेको उहाँले जानकारी दिनुभयो । आइतबारदेखि ७ प्रदेश बीच प्रतिस्पर्धा हुनेछ ।











