मकवानपुरको क्रिकेट टिम ।

हेटौँडा : चौथो संस्करणको जीतपुर–सिमरा टि–२० हरपुर च्याम्पियन ट्रफीमा आज आइतबार मकवानपुरले पर्सा जिल्लाको युनाइटेड क्रिकेट क्लबसँग खेल्दैछ । समूह चरणको अन्तिम खेलमा फाइनल पुग्ने सम्भावना कायमै राख्न मकवानपुरले जित्नै पर्ने दवाव छ ।

साविक विजेता मकवानपुरले उद्घाटन खेलमा हिजो शनिबार रौतहटसँग हार व्यहोरेको थियो । मकवानपुर रौतहटसँग २८ रनले पराजित भएको हो । टस जितेर पहिले व्याटिङ गरेको रौतहटले १६ ओभर ५ बलमा सबै विकेट गुमाएर १०८ रन मात्रै बनाएको थियो । जवाफी व्याटिङमा उत्रिएको मकवानपुरले १८ ओभर खेल्दै ८० रन जोड्दै गर्दा अल आउट हुँदा हार व्यहोर्न बाध्य भएको हो ।