हेटौँडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४, चौताराका एक वृद्धको ज्यान गएको छ । बिहीबार राती बत्ती गएपछि टर्च लाइट खोज्ने क्रममा भर्याङबाट लगेका ७० वर्षीय सूर्यबहादुर थिङको उपचारको क्रममा शनिबार ज्यान गएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
बिहीबार राती ८ बजेर ४० मिनेटेको समयमा लाइन गएको बेलामा टर्च लाइट खोज्ने क्रममा थिङ भर्याङबाट लडेर घाइते भएका थिए । टाउकोमा चोट लागेको र कानबाट रगत बगेको अवस्थामा थिङलाई उपचारका लागि काठमाडौंस्थित बयोधा अस्पताल लगिएको थियो । थिङको उपचारको क्रममा शनिबार दिउँसो १ बजेको समयमा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।










