पत्रकार प्रताप विष्टलाई अग्रज सम्मान पत्रकारिता पुरस्कार प्रदान गरिँदै ।

हेटौँडा : बागमती प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा सात जना पत्रकारलाई पुरस्कृत गरेको छ । बिहीबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा आयोजित विशेष समारोहमा अग्रज सम्मान पत्रकारिता पुरस्कार मकवानपुरका प्रताप विष्टलाई प्रदान गरिएको छ । संस्थागत पत्रकारिता पुरस्कारबाट काठमाडौंकी शोभा अर्याल पुरस्कृत हुनुभएको छ ।

प्रदेश युवा पत्रकारिता पुरस्कारबाट नुवाकोटका रामचन्द्र अर्याल, प्रदेश गौरव पत्रकारिता पुरस्कारबाट सिन्धुपाल्चोककी कमला तामाङ पुरस्कृत हुनुभएको छ । यस्तै बागमती पत्रकारिता पुरस्कारबाट काठमाडौंका कुमारभक्त रञ्जितकार, ग्रामीण पत्रकारिता पुरस्कारबाट धादिङका नवराज छत्कुली र विकास पत्रकारिता पुरस्कारबाट चितवनका नेपोलियन चेपाङ पुरस्कृत हुनुभएको छ ।

सातैजना पत्रकारलाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो । बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा, मुख्यमन्त्री बहादुर सिंह लामा र आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले पुरस्कृत गर्नुभएको थियो ।