हेटौँडा : पाँचौं संस्करणको मेयर कप फुटबल प्रतियोगिताको उपाधि हेटौँडा–७ ले जितेको छ । हेटौँडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा बिहीबार भएको फाइनल खेलमा हेटौँडा–७ ले हेटौँडा–३ लाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
प्रतियोगिताको उपाधि विजेता हेटौँडा–७ ले नगद २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता हेटौँडा–३ ले २ लाख रुपैयाँ प्राप्त गरेको छ । फाइनल खेलमा म्यान अफ द म्याच हेटौँडा–७ का कुशल अधिकारी घोषित भएका छन् । प्रतियोेगितामा हेटौँडाका १९ वटै वडाको टिम सहभागी थिए ।











