हेटौंडाः हेटौंडा–२ निवासी एकालाल श्रेष्ठले जन्मदिनको अवसरमा हेटौंडा–२, चौकीटोलस्थित ओम वृद्धाश्रमलाई सहयोग गर्नुभएको छ । नेपाल बुद्धिचाल संघका केन्द्रीय अध्यक्ष एवम् नेकपाका नेतासमेत रहनुभएका श्रेष्ठले आश्रमलाई १५ हजार रुपैयाँ सहयोग गर्नुभएको हो । शनिबार बिहान आफ्ना साथीभाईसहित आश्रममा पुग्नु भएका श्रेष्ठले आश्रमका अध्यक्ष बुद्धिप्रसाद गौतमलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । पाँच वर्षदेखि श्रेष्ठले जन्मदिनको अवसरमा आश्रममा सहयोग गर्दै आउनुभएको छ ।