बागमती प्रदेशसभा सचिवालय भवन ।

हेटौँडा : बागमती प्रदेशसभा बैठक सुरु भएको छ । निर्धारित समयभन्दा २ घण्टा ढिलो गरी प्रदेशसभा बैठक सुरु भएको हो । सोमबार विहान ११ बजे बस्ने भनिएको प्रदेश सभा बैठक दिउँसो १ बजे सुरु भएको हो ।

सत्तापक्ष र प्रतिपक्षी दलहरु बीच बजेट तथा संसदको हिउँदे अधिवेशन बैठकका विषयमा सहमति जुट्न नसक्दा निर्धारित समय भन्दा ढिलो गरी बैठक सुरु भएको हो । माग सम्बोधन नभएसम्म बैठक चल्न नसक्ने रणनीति तयार परेका प्रतिपक्षी दलहरुलाई मुख्यमन्त्री लामाको आग्रहमा शुभकामना मन्तव्यको कार्यसूचिमा बैठक संचालन गरिएको हो ।

बैठक सुरु गर्न भएपनि प्रदेश सभा बैठकका अन्य कार्यसूचि भने अघि नबढाउने संसद सचिवालयले जनाएको छ । सत्तापक्ष र प्रतिपक्षी दल बीचको सहमतीपछि मात्र बैठकका कार्यसूचि अघि बढाउने तयारी संसदको रहेको छ ।