ध्रुबकुमार भुजेल ।

हेटौँडा : नेकपा एकीकृत (समाजवादी) को मकवानपुर जिल्ला उपाध्यक्षमा ध्रुबकुमार भुजेललाई मनोनित गरिएको छ । यसअघि जिल्ला सचिव रहनुभएका भुजेललाई उपाध्यक्षको जिम्मेवारी दिइएको हो ।

आइतबार जिल्ला कमिटी बैठकले सचिवको जिम्ेमवारी किशोर बर्तौलालाई दिइएको छ । यसअघि बर्तौला उपसचिव हुनुहुन्थ्यो । उपसचिवमा गीता कडेरिया मैनाली चयन हुनुभएको छ । पार्टी अध्यक्ष बिष्णु दाहालको अध्यक्षतामा बसेको बैठकले पदाधिकारीहरु चयन गरेको हो । बैठक पार्टीको पोलिटब्युरो सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज मुनु सिग्देलको प्रमुख आतिथ्यमा भएको हो । पार्टीका केन्द्रिय सदस्य राजाराम स्याङ्तान, रामचन्द्र बल, प्रदेश सदस्य माधव तिमल्सिना, कृष्णराम चेपाङ लगायतकाको आतिथ्य रहेको थियो ।