खाना खाँदै ज्येष्ठ नागरिक ।

हेटौँडा : मातातीर्थ औंसीको अवसरमा हेटौँडा–८ स्थित अस्तित्व व्याण्डले हेटौँडा–१५ स्थित दिव्यसेवा निकेतनमा आश्रितलाई खाना खुवाएको छ । शनिबार बिहान आश्रममै पुगेर अस्तित्व व्याण्डका पदाधिकारी, कलाकारले खाना खुवाएका हुन् । अस्तित्व व्याण्डका अध्यक्ष निर्जल पुडासैनीको नेतृत्वमा सचिव सरस्वती थिङ, कोषाध्यक्ष किशोर खत्रीसँगै वडाध्यक्ष रामकृष्ण थापा पनि पुग्नुभएको थियो ।